देजमो रामेछापको भेला सम्पन्न, अध्यक्षमा स्वरुपसिंह मोक्तान

673
views

रामेछाप, २६, फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रामेछापको प्रथम भेला सम्पन्न भएको छ । भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट ब्युरो सदस्य तथा ३ नं. प्रदेशका सचिव दिनेश शर्माले संबोधन गरेका थिए ।

सम्पन्न भेलाले स्वरुपसिङ मोक्तानलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले उपाध्यक्षमा जुवानसिह तामाङ, सचिवमा जितमान घताने, कोषाध्यक्ष गोपिमाया तामाङसहित २५ जनाको जिल्ला कमिटि निर्वाचित गरेको छ ।

त्यसैगरी, क्रान्तिकारी युवाहरुको एक भेलाले क्रान्तिकारी युवा लिग रामेछापको संयोजकमा मिलन तामाङलाई निर्वा्चित गरेको छ । भेलाले तामाङको नेतृत्वमा ३० सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ ।

भेलामा पार्टी केस तथा जिल्ला इन्चार्ज गगन, सचिव लाङ्घाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।