कृषि वन क्षेत्र केन्द्र नेपालले दियो रोजगारीको अवसर

1105
views

स्याङजा । एकता युवा संघ कृषि वन क्षेत्र केन्द्र नेपालले रोजगारीको अवसर दिएको छ । संस्थाले नर्सरीको क्षेत्रमा काम गर्ने कर्मचारीका लागि फिल्ड कर्मचारीमा रोजगारीको अवस्था सिर्जना गरेको छ ।

२० गते देखी २६ गतेसम्म प्रथम स्याङ्जा आँधिखोला महोत्सवमा आवेदन खुलाएको सो संस्थाले २७ फागुन देखी चैत्र ३१ सम्म पाल्पा, काठमाडौं र बुटवल कार्यालयमा देशैभरीबाट आवेदन दिने सक्ने एकता युवा संघ कृषि वन क्षेत्र केन्द्र नेपालका खुमकान्त भुसालले जानकारी दिए ।

उनले गाउँगाउँमा नर्सरी र विभिन्न तरकारी फलफुलका विरुवाहरु विक्रि वितरण तथा नर्सरीका लागि आवेदन गराएको बताए । भुसालले सम्पर्कका लागि ९८४४३२०१२२ मा समेत सम्र्पक गर्न अनुरोध गरेका छन् ।