‘वालिङ १००’ साइक्लिङ रेसको उपाधि वालेसलाई

554
views

पोखरा, २७ फागुन । क्यानडाका करी वालेसले वालिङ साईक्लिङ १०० को उपाधि जितेका छन् । नेपालका साईक्लिष्टलाई पछि पार्दै उनले १०० किलोमिटरको दुरीलाई ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पुरा गर्दै ‘वालिङ १०० टाईटल’ जितेका हुन् । करीले नगद पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरे । नेपाली सेना र शसस्त्र प्रहरी बलका साईक्लिष्टहरुलाई पछि पार्दै उनले विदेशी भूमीमा वर्षको दोस्रो टाईटल उपाधि उचाले ।

वालिङ नगरपालिकाले पहिलो पटक आयोजना गरेको रेसमा हर्कबहादुर लामाले ७ घण्टा २६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै दोस्रो हुन सफल भएका छन् । यस्तै कमल ओलीले ८ घण्टा ४५ मिनेट २२ सेकेण्डको समय लगाउँदै तेस्रो र सन्तोष गुरुङले ९ घण्टा ४१ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै चौथो स्थान हासिल गरेका थिए । द्धितीय लामाले डेढलाख रुपैयाँ नगद पुरस्कार पाउँदा ओलीले ५० र गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले प्रथम हुँदै १०० किलोमिटरको दुरीलाई ८ घण्टा ९ मिनेट २६ सेकेण्डमा पुरा गरिन् । उनले ३ लाख रुपैयाँ नगदराशीको पुरस्कार पाईन् । त्यसैगरी सोनी गुरुङ दोस्रो स्थानमा रहँदै नगद ५० हजार प्राप्त गरिन् । उनले ८ घण्टा ५१ मिनेट ५६ सेकेण्डका समय लगाउँदै पुरा गरेकी थिईन् ।

प्रतियोगितामा २१ पुरुष र ६ महिलाको सहभागिता रहेको थियो । विदेशी प्रतिस्पर्धीमा दुईजना एक महिला र एक पुरुष मात्रै थिए । दुवै क्यानडाका रहेको र नेपाली सेनाका ५ जना पुरुष र शसस्त्र प्रहरी बलका २ पुरुष र एक महिला साईक्लिष्ट प्रतियोगितामा सहभागिता जनाएको संयोजक दिङ्कर नेपालले जानकारी दिए ।