ओली सरकारबाट जनता अतालिएका छन्–देउवा

705
views

महेन्द्र जिसी
पर्वत, २८ फागुन । देशमा कम्युनिष्ट सरकार आएमा हाँस्न पनि नपाईने र रुन पनि नपाईने भन्दै निर्वाचन सम्पन्न गराएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनता अतालिएको बताउँदै जनताले दोहोर र बढी करका कारण दुख पाईसकेको वताउनु भएको छ ।

पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार नेपाली काँग्रेस पर्वतको जिल्ला अधिवेशन उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । प्रतिपक्षि दलका प्रमुख नेता देउवाले सरकार ऐनले लादेर संविधान प्रद्धत प्रेस अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर निरंकुशबादी शैली अपनाएका कारण लोकतन्त्र खतरामा परेको उल्लेख गर्नु भयो ।

सरकारले भाषण मात्रै गरेर एक वर्ष पुरा गरेको बताउँदै भ्रष्टचारी बलत्कारी र दलालीको भित्राउने काम गरेको आरोप देउवाले बताउनु भयो । सरकारलाई सच्चिन आग्रह गर्दै नेता देउवाले आँफुहरुले संसद देखी सडकसम्म सरकारको विरोध तिब्र पार्नेको बताउनु भयो ।

सभापति देउवाले काँग्रेसलाई एकता भएर अघि बढ्न सुझाव दिँदै कम्युनिष्ट सरकारसँग जनता अत्तालिइसकेका बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रबक्ता विश्व प्रकास शर्माले कम्युनीष्ट घटक भएका मुलुकमा लोकतन्त्र नरहेको बताउँदै नेपालमा पनि कम्युनीष्ट शासन भए सम्म लोकतन्त्र र संवृद्धि नआउने बताउनु भयो ।

धारामा खानेपानी नआउने मुलुकमा पानी जहाज र गाउँसम्म ढुक्कको सडक नपुगेको नेपालमा रेलका सपना बाँढेर संवृद्धि नआउने बताउँदै समय संधै एकै नरहने समेत भन्दै सरकारलाइ सचेत गराउनु भएको हो । कम्युनिष्ट पार्टीको दर्शन राष्ट्रवादी नभएको बताउँदै यसको उदाहरण सिके राउत सँगको साँठगाँठ रहेको बताउनु भयो ।

कार्यक्रममा पुर्व संसद अर्जुन प्रसाद जोशी नवराज गुरुङ लगायतले बोल्नु भएको थियो । अधिवेशनमा नेपाली काग्रेश पर्वतका महासमीती सदस्य थमन गुरुङको श्रदान्जली समेत गरीएको थियो । पार्टी सभापति खिम प्रसाद भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विश्व प्रकास प्रसाईले गर्नुभएको थियो ।