भारतीय सांसदले गरिन् नेपालबारे यस्तो टिप्पणी

781
views

काठमाडौं । दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट टिप्पणी गरेकी हुन् । लाम्बाले भारतमा यसपटक प्रधानमन्त्री चून्न आग्रह गर्दै नेपालका चौकीदार मगाउन सकिने टिप्पणी गरेकी हुन् । उनले ट्वीटमा लेखेकी छिन्–
प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय काँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी छिन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी छन् ।