सशस्त्र प्रहरीमा नयाँ भर्नाका लागि दरखास्त आव्हन

626
views

नवलपुर । सशस्त्र प्रहरी जवानको नयाँ भर्नाको लागि नवलपुरको गैंडाकोट नगरपालिका १० भैसाखोरीमा रहेको सशस्त्रको गुल्मबाटै दरखास्त भर्न सक्ने ब्यबस्था मिलाईएको छ । सशस्त्र ३१ नं गुल्म भैसाखोरीका प्रमुख प्रहरी नायब उपरीक्षक क्षितिज क्षेत्रीका अनुसार सशस्त्र प्रहरीमा भर्ना हुन चाहाने नवलपुरका युवाहरुलाई दरखास्त भर्नका लागि सबै प्रक्रिया भैसाखोरी सशस्त्र ३१ नंम्बर गुल्मबाटै मिलाईएको छ ।

दरखास्त दिन बर्दघाट जानुपर्ने बाध्यता नरहेको र नवलपुर भरिकालाई सशस्त्रको प्रहरी जवानमा दरखास्त दिन भैंसाखोरी गुल्मबाटै सबै ब्यबस्था मिलाईएको प्रहरी नायब उपरीक्षक क्षितिज क्षेत्रीले बताए ।

चैत्र २४ गते सम्म दरखास्तका लागि म्याद कायम गरिएको र यस सम्बन्धमा थप जानकारी लिन चाहेमा सशस्त्रको ३१ नंम्बर गुल्म भैसांखोरीबाट प्राप्त गर्न सकिने प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । दरखास्त फाराम गुल्मबाट भर्न सकिने र सबै जाँच भने बर्दघाटमा रहेको सशस्त्र महाबिद्यालयबाटै हुने क्षेत्रीले बताए ।