प्राकृतिक स्वस्थ जीवन अभिमुखिकरण

1525
views

सीताराम थापा
‘स्वस्थ रहांै, निरोगी बनौ’ भन्ने मुल नाराका साथ प्राकृतिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण शिक्षा बागलुङको तमानमा सम्पन्न भयो । नेट फ्रेस कम्पनिको प्रायोजन र स्थानिय समुहको आयोजनामा भयको कार्यक्रममा प्राकृतिक जिवन, स्वस्थ जिवनयापन, र प्राकृतिक रोकथाम उपचार पद्दति बिषयक नवीन स्वास्थ्य जीवन शिक्षा तालिम दिईएको थियो ।

तालिमको प्रशिक्षण नेट फ्रेस नेपालका .गोबिन्द हुमागाई र तालिम संयोजक चेत बहादुर सरु मगरले गर्नुभएको थियो । तालिमको सहजिकरण यवं सहयोग संयोजन सत्कर्म नेपाल र आमा मिलन केन्द्रका सीताराम थापा र ज्ञानिदेवी थापा मगरले गर्नु भयो ।

तालिम पश्चात डा.अमित साहनि र गोबिन्द हुमागाईले शारिरिक परिक्षण गरि प्राकृतिक उपचारात्मक पद्दतिमा ज्ञान प्रदान गर्नुभएको थियो । रोग लाग्ने भन्दा स्वास्थ्य समाज, स्वास्थ्य ब्यक्ति र स्वस्थ जीवन प्राकृतिक र बैज्ञानिक तरिकाबाट सम्भव भएकोले यस्तो अभियान संचालन गरिएको हो ।