नविन के भट्टराईको ‘जान्छु म’ सार्वजनिक’ (भिडियो सहित)

871
views

सचिन्द्र श्रेष्ठ । अनिदो भए, तिमी नै, मेरो नाम, चाहना एउटै मेरो जस्ता चर्चित गीत केहि समय पहिले निकालेका नविन के भट्टराईले फेरि श्रोता समक्ष अर्को नयाँ गीत सार्बजनिक गरेका छन ।

सन् १९९६ मा सोलो एल्बम ‘रहरै रहरमा ’निकालेर नेपाली सांगितिक आकासमा अगाडि बढेका उनलाई नेपाली पपसंगीतका लेजेंड भनेर चिनिने नवीन के भट्टराईको ‘जान्छु म’ नामक गीत सार्वजनिक भएको छ ।

तिमीलाई भेट्ने, साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन, तिमीलाई म दोबाटोमा, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरी लगायतका दर्जनौ हिट गीतले उनलाई आजका दिनसम्म पनि फुर्सद नमिल्ने स्थानमा ल्याएको छ ।

नवीन के भट्टराईको आफ्नै स्वर र कम्पोजमा रहेको उक्त गीतमा रोशन सुबेदीको शब्द,रंजन न्यौपानेको सम्पादन ,छायांकनमा अवेश बज्राचार्यले गज्जबको खिचेका छन भने निराजन प्रधान र सुष्माको केमेस्ट्रीक अभिनय रहेको म्यूजिक भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेको र उक्त भिडियो म्यूजिक नेपालले निकालेको हो ।