चन्द समुहको प्रतिक्रियाः-सरकारलाई गाउँमा प्रतिबन्ध

1206
views

काठमाडौँ । संविधान र कानुन विपरित आफ्नो पार्टीको शान्तिपूर्ण गतिविधिहरुलाई सरकारले प्रतिबन्ध लगाएमा जनसत्ताँले पनि सरकारलाई गाउँमा प्रतिबन्ध लगाउँने भन्दै नेत्रविक्रम चन्द समूहले सरकारी निर्णयको प्रतिवाद गरेको छ ।

समाचार श्रोतका अनुसार विप्लव नेतृत्वको पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर निरंकुश राज्यको चरित्र प्रदर्शन गरेको भन्दै उक्त कदमको प्रारम्भिक प्रतिकृयामा सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

नेता पुनले शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि सरकारले प्रतिबन्ध गर्न खोजेमा त्यसको जवाफमा आफुहरुले पनि सरकारलाई गाउँमा प्रतिबन्ध गर्ने बताए । उनले सरकारका कुनैपनि गतिविधि गाउँमा जान नदिने र त्यसको विरुद्धमा आफ्नो पार्टी उत्रिने भन्दै राज्यलाई चेतावनी दिएका छन ।

उनले केपी, प्रचण्डको सरकार सामाजिक फासिवादतर्फ उन्मुख रहेको भन्दै पार्टीका गतिविधिमा प्रतिबन्ध गर्न उद्धत भएमा सरकार र संसदीय दलका नाइकेहरुलाई जनस्तरबाटै वहिस्कार हुने बताए । उनले भने–‘सरकार फासिवादीशैलीमा आएको छ, यो सुधारिएको पञ्चायतशैली हो, प्रचण्ड, केपी–बादल सुधारिएका पञ्च बनेका बनेका छन्, सरकारको त्यो निर्णयको शसक्त प्रतिवाद हुन्छ ।’