म्याग्दी नदीमा पौडी खेल्दा बालक बेपत्ता

1516
views

सीताराम थापा
बाग्लुङ, ३० फागुन । म्याग्दी जिल्लाको बेनी बजारमा पौडी खेल्दा एक बालक बेपत्ता भएका छन् । म्याग्दी अन्नपुर्ण गाउँपालिका–८ काफलडाँडा बस्ने १४ वर्षका हेमचन्द्र गर्वुजा बेनीको मंगलाघाटको बगरफाँट जोड्ने झोलुङ्गे पुल मुनि म्याग्दी नदीमा पौडी खेल्दा बेपत्ता भएका हुन् ।

बेनी नगरको सामुदायिक माध्यमिक बिद्यालय कक्षा–९ मा अध्ययनरत उनी बेनीको उपल्लो बजार मंगलघाटमा बस्दै आएका थिए । विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा करिब ४ बजे गर्बुजा र तीन जना साथीहरु म्याग्दी नदिमा पौडी खेल्न गएका थिए ।

बेपत्ता भएका गर्बुजाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गर्बुजासंगै नदिमा पौडी खेलेका बेनी नगर–७ महारानीथान बस्ने निल प्रसाद छन्त्याललाई सकुशल उद्धार गरिएको छ । छन्त्यालको अवस्था सामान्य रहेका छ ।