प्रतिरोध गर्ने विप्लवको संकेत, छाड्दै नछाड्ने प्रहरीको रणनीति

624
views

चैत १, काठमाण्डौ । सरकारले विप्लव समुहका गतिविधिलाई अपराधिक समुह बन्दै गएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले गरेको उक्त निर्णयपछि विप्लवको पार्टीले कडा प्रतिवाद गर्ने बताएको छ ।

यता प्रहरी पनि सरकारले प्रतिबन्ध लगाएसँगै चन्द नेतृत्वको नेकपाप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउले निर्णय गरेसँगै विप्लव समुहले झनै आक्रामक बन्ने चेतावनी दिएको छ । उसले सरकारले लगाएको प्रतिबन्ध लोकतन्त्र र संविधान विपरित भएको भन्दै त्यसको प्रतिरोधमा उत्रिने धम्कि दिएको हो ।

शान्तिपूर्ण कार्यक्रममा प्रतिवन्ध लगाउने सरकारको कदम प्रतिगमनकारी भएको भन्दै यसको रणनीतिक प्रतिरोध गर्ने चन्द नेतृत्वको नेकपाले चेतावनी दिएको छ । नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले प्रतिबन्ध लगाउँदैमा आफूहरुको लक्ष्य नरोकिने बताएका छन् ।

यता प्रहरीले सरकारको निर्णय बमोजिम आक्रामक रुपमा प्रस्तुत हुने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीलेसमाजमा त्रसित बनाउने र आतंक फैलाउनेलाई तत्कालै कारबाहीको दायरमा ल्याउने जानकारी दिए ।

दुवैतर्फको यस्तो नीतिले मुलुकलाई मुटभेठ तर्फ अघि बढाउने संकेत देखिएको छ ।