एसइई दिने छात्रालाई सेनेटरी प्याड वितरण

1794
views

सीताराम थापा । गण्डकी प्रदेसले मनाङ र मुस्ताङ बाहेक का जिल्लाहरुमा एसइइ परीक्षामा भाग लिने महिलाहरुलाई सेनेटरी प्याड बितरण गर्ने भएको छ । बागलुङ जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइइ) सहभागी हुने बागलुङका छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गरिने भएको छ । यो कार्य गण्डकी प्रदेशको अन्य जिल्लाहरुमा पनि गरिने उल्लेख छ । जस अनुसार धौलागिरीको पर्वत र मयाग्दिमा पनि बितरण गरिने छ ।

बागलुङको सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बागलुुङमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत विष्णुुमाया पौडेलका अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो नबिनतम कार्यक्रम अघि सारिएको बताउनुभयो ।

परीक्षा सञ्चालन भएको समयमा महिनावारी भएमा महिला विद्यार्थीहरुले आत्तिएर परीक्षामा असफल नतिजा आउन नदिन उक्त कार्यक्रम सुुरु गरेको गण्डकी प्रदेशले जनाएको छ ।

परीक्षा केन्द्रमा सहभागी छात्रा परीक्षार्थी मध्ये १५ प्रतिशतमा महीनावारी हुने अनुमान गरिएको छ । चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा बागलुुङका ५ हजार ५ सय २३ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये दुई हजार ८७५ छात्रा रहेका छन । बागलुुङमा ३१ परीक्षा केन्द्र तोकिएको छ ।

सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बागलुुङका प्रमुुख कुश्मिराज उपाध्यालाई ३६ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुुख कुश्मिराज उपाध्यायले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए । गत वर्ष सुुआहाराले परीक्षामा सहभागी छात्रा विद्यार्थीहरुलाई निशुुल्क प्याड वितरण गरेको उपाध्याको हामिलाई बताए ।

चैत्र ५ गते प्रश्नपत्रसँगै केन्द्रध्याक्षसँग प्याड सम्बन्धित केन्द्रमा पठाउने तयारी गरेको प्रमुख उपाध्याले बताउछन । सम्पूर्ण केन्द्रहरु छात्रा मैत्री रहेको बताइएको छ । परीक्षा स्थलभन्दा टाढा शौचालय भएको स्थानमा महिलामैत्री अस्थायी शौचालन निर्माण गर्ने ब्यवस्था गरिएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश अन्तर्गतका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रकम प्रदान गरेको छ ।