फेसबुक प्रेमी बाट बलात्कृत

627
views

सुर्खेत चैत, २ फेसबुककै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी हुन्छ । यदी तपाईहरुमा छ भने समयमै सुधार गर्नुहोस् । किनकी कुनै पनि नचिनेको व्यक्तिले फेसबुकमार्फत तपाईको फाइदा उठाउन सक्छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा यस्तै घटना भएको छ ।

फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा जंगलमा लगेर उनीमाथि बलात्कार भएको हो । दिउसो दुई बजे वीरेन्द्रनगर–९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुईजना किशोरले बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।
बलात्कार आरोप लागेका दुईजना मध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका किशोर १६ वर्ष उमेरका भएकाले उनका नाम प्रहरीले खुलाएको छैन । भने १९ वर्षिय सागर चौधरी फरार रहेका छन् ।
पक्राउ परेका किशोरले फेसबुकमार्फत प्रेम सम्बन्धमा परेको र घुम्न जाँदा जंगलमा सहमतिमै करणी भएको प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकाको बयान उद्दृत गर्दै उनले करिब २५ दिनजति फेसबुकमा कुराकानी भएपछि उनीहरुले भेट गरेका बताएको छ ।