सैनिक प्रतिष्ठानमा सञ्चालित दिक्षान्त समारोहको समापन

651
views

काठमाडौं, ५, चैत । खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको समापन भएको छ ।

समापन कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमीतर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरुहरुलाई पुरस्कृत गरेका छन् । तालिममा सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडा पुरस्कृत भएका हुन् ।

दीक्षान्त समारोहमा पुरुष ५४ जना महिला ८ र विदेशी २ (केन्या र माल्दिभ्स) गरि जम्मा ६४ जना शिक्षार्थीहरु दीक्षित भएका थिए ।

सो समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेको थियो ।