रुकुमको बाफिकोटमा नेकपा माओवादी केन्द्र विजयी

636
views

रुकुम, ३, जेठ । रुकुमको बाफिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखका उम्मेदवार धर्म बहादुर केसी ३ हजार ५६५ मत ल्याएर विजयी हासिल गर्नु भएको हो ।
केसीले एमालेका जनक कुमार वाँठालाई ७५१ मतले पराजित गर्नु भएको हो । वाँठाले २ हजार ८१३ मत प्राप्त गर्नु भएको थियो ।
बाँफिकोटको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै मनकला पुन विजयी हुनु भएको छ । पुनले ३ हजार ५७९ मत प्राप्त गर्नु भएको थियो । उहाँकी प्रतिद्धन्द्धी एमालेकी व्युझना देवकोटाले २ हजार १०२ मत प्राप्त गुर्न भएको थियो ।