गैडाकोटको अक्स्फोर्ड कलेजमा दुईदिनदेखि ताला

561
views

नवलपरासी, ५ चैत । नवलपरासीको गैडाकोटमा रहेको अक्स्फोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा दुईदिनदेखि विद्यार्थी ताला लगाएका छन् । क्लेजले समयमा नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् ।

सन् २०१४ ब्याचमा सिभिल ईन्जिनियरिङ पढेका विद्यार्थीहरु नतिजा प्रकाशित नहुँदा स्नातकोत्तर पढ्नबाट बन्चित भएका हुन् । चौथो वर्ष र पाँचौ वर्षमा कलेजले लिने प्रोजेक्ट परिक्षाको नतिजा प्रकाशित नगर्दा ८४ जना विद्यार्थी समस्यामा परेको विद्यार्थी सागर पाठकले जानकारी दिए ।

गैडाकोटमा रहेको अक्फोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजले समयमा नतिजा प्रकाशित नगर्दा विद्यार्थीहरु समस्यामा परेका छन् । सन् २०१४ ब्याचमा सिभिल ईन्जिनियरिङ पढेका विद्यार्थीहरु नतिजा प्रकाशित नहुँदा स्नातकोत्तर पढ्नबाट बन्चित भएका हुन् ।

चौथो वर्ष र पाँचौ वर्षमा कलेजले लिने प्रोजेक्ट परिक्षाको नतिजा प्रकाशित नगर्दा ८४ जना विद्यार्थी समस्यामा परेको विद्यार्थी सागर पाठकले जानकारी दिए ।

स्नातकोत्तरका कक्षा सञ्चालनका खोपः ईन्जिनियरिङ कलेज, पुलचोक ईन्जिनियरिङ कलेजले प्रवेश परिक्षा लिईरहेका छन् । तर, स्नातक तहको ट्रान्सक्रिप्ट नआउँदा पढ्न बन्चित हुनुपरेको पाठकले बताए । २०१४ बाट सुरु भएको कक्षा २०१८मा सकिएको थियो ।

अन्य कलेजको नतिजा प्रकाशित भएर विद्यार्थीले स्नातकोत्तरको कक्षा सुरु गर्ने समयमा आफुहरु अन्योलनमा परेको उनले बताए ।

यस्तै कलेजले प्रोजेक्टको नतिजा पोखरा विश्वविद्यालयमा नपठाउँदा तीन जना विद्यार्थी मौका परिक्षामा समेत सहभागि हुन पाएका छैनन् । आज (सोमबार) देखि पोखरामा मौका परिक्षा सुरु भएको छ ।

कलेजको लापरबाहीका ८४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको उनले आरोप लगाए । अहिले ट्रान्सक्रिप्टको माग गर्दै पोखरा विश्वविद्यालयको परिसरमा विद्याथीहरुले हिजो देखि प्रर्दशन गरेका छन् । यता अक्फोर्ड कलेजले भने आफुहरु समस्या समाधानका लागि लागिपरेको बताएको छ । आजै बेलुकासम्म विद्यार्थीको नतिजा प्रकाशित हुने ओभरल प्रोग्राम कोर्डिनेटर तिलक पन्थीले बताए ।

अक्फोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजम्यान्टमा नतिजा प्रकाशनमा लापरबाहि गरेको भन्दै सोमवार नेपाल बिद्यार्थी संघ अक्फोर्ड कलेज ईकाई समिति,अखिल (क्रन्तिकारी) र अनेरास्ववियुले सयुतm रुपमा ताला लगाएको छन् ।

नवलपुरमा संचालित बिई सिभिल संकायको २०१४ व्याचका बिद्यार्थीहरुको तेस्रो र पाचौ संकायका बिद्यार्थीहरुको तेस्रो र पाचौ सेमेस्टरको बिषय प्रोजेक्ट आई र प्रोजेक्ट आइ आईको नतिजा प्रकाशनमा कलेज प्रशासनले लापर्र्बाही गरेको भन्दै ताला लगाएको नेबिसंघ अक्फोर्ड कलेज ईकाई सभापति निरज तिवारीले बताए ।