निर्मला हत्या प्रकरणः अभियुक्त एसपी विष्ट अदालतमा

1569
views

कञ्चनपुर । निर्माला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र दिलिप सिंह विष्टलाई यातना दिएको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन । अभियुक्त विष्ट मंगलबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

अदालत उपस्थित भएसँगै उनीसँग अदालतले बयान लिन सुरु गरेको छ । बयान सकिए मंगलबार नै थुनछेक बहस हुने कञ्चनपुर जिल्ला अदालतले जनकारी दिएका छन् ।

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सईहरू हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद यसअङि नै अदालतमा उपस्थित भएका थिए ।

विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार थिए । डीएसपी जिसी भने अझै फरार छन् ।