ट्रममा गोलाबारीमा एकको मृत्यु

650
views

आम्स्टर्डम (एजेन्सी) । नेडरल्यान्डको युटे्र्रख्ट सहरमा एक ट्रममा भएको गोलाबारीमा एक ब्यक्तीको मृत्यु र कयौं घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गोलाबारी भएको पुरै इलाका आफनो घेरामा लिएको छ । राहतकर्मीहरु घटनास्थलमा पुगेका छन् । बन्दुकधारी अझै पनि स्वतन्त्र घुमिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । आतंकवाद प्रतिरोध प्रहरीले उक्त आक्रमण आतंकवादबाट प्ररित रहेको बताए ।

नेडरल्यान्डका आतंकवाद विराधी दस्ताको समन्वय अधिकारी स्थानिय प्रशासनको सम्पर्कमा रहेको र सहरलाई उच्च स्तरिय खतरा घोािषत गरिएको सुरक्षा निकायले जनाएको छ ।

प्रहरीले स्थानियलाई सडकबाट हट्न भनेका छन् र यसले राहतकर्ताहरुलाई काम गर्न सहज हुने बताएका छन् । युटेख्ट युनिभर्सिटी मेडिकल सेन्टरबाट घाइतेको उपचारका लागि आपतकालिन वार्ड खोल्नका लागि भनिएको छ । साथै आम नागरिकलाई घरमै रहन र स्कुलको ढोका बन्द राख्न आदेश दिइएको छ ।

युटेख्ट सेन्ट्र्ल रेलवेमा रेलको आवागमनमा रोक लगाएको छ । नेडरल्यान्डका प्रधानमन्त्री मार्क रुटेले आफु यस घटनाबाट अत्यन्त आहत भएको बताए । उनले आफना सबै पुर्व निर्धा्रित कार्यक्रम रद्द गरेका छन् ।

प्रहरीका अनुसार गोलाबारीको उक्त घटना स्थानिय समय विहान १० बजेर ४५ मिनेटमा भएको हो । उक्त घटनाका एक प्रत्यक्षदर्शीले डच न्युजसाइट एनयु डट एनएललाई भने ( एक ब्यक्तीले अचानक गोली चलाउन शुरु गरेका थिए ।

एक घाइते महिलाको मद्दत गर्ने एक ब्यक्तीले नेडरल्यान्ड सरकारी समाचार च्यानल एनओएसलाई भनिन् ( जब मैले एक रक्ताम्य महिलालाई देखेँ, मैले उनलाई आफनो गाडीमा राखेर उनलाई मद्दत गर्ने प्रयास गरेँ । तर जब सम्म प्रहरी घटनास्थलमा पुगे, त्यतिबेलासम्म ती महिला बेहोस भइसकेकी थिइन् ।