श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

770
views

विराटनगर– श्रीलंकालाई पराजित गर्दै नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल थप्यो ।

नेपालले अब फाइनलमा दोस्रो सेमीफाइनलको विजेतासँग शनिबार खेल्नेछ । अर्को सेमिफाइनलमा भारत र बंगलादेश भिड्ने छन् ।