हेमजामा पानीको अभाब

654
views

गोबिन्द तिमिल्सिना
हेमजा, ९ चैत । पोखरा महानगरपालिका वडा नं–२५ हेमजामा खानेपानी तथा अन्य प्रयोजनमा प्रयोग गरिने पानीको अभाब भएको छ ।

पानीको स्रोतको रुपमा चिनिने हेमजामा अहिले पानीको समस्या आएको छ । आकासबाट मात्र पानि नपरेको होइन हेमजामा रहेका सार्बजनीक धारामा पनि पानीको मात्रमा कमि आएको छ ।

धारामा पानी सुक्न थाले पछि धारामा पानी थाप्नेको लाइन भएको छ । खडेरीका कारण पानी नहूदा एहाँका मानिसलाई न पानी खान पाएका छन न त अन्य प्रयोजन नै । हेमजामा रहेका कुला तथा नालामा पनि पानी नहुदा कुनै पनि पानीको काम गर्न नपाएको स्थानिय बासिको गुनासो रहेको छ । अब यसका लागी सम्बन्धीत निकाएले पहल गर्नुपर्ने स्थानियबासीको भनाई छ ।