देजमो प्रदेश नं ४ को सम्मेलनः परियारको अध्यक्षतामा ४२ सदस्यीय कमिटी निर्वाचित

533
views

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पोखरामा सम्पन्न प्रदेश नम्बर ४ को सम्मेलनले केश बहादुर परियारको अध्यक्षतामा ४२ सदस्यिय प्रदेश समिति निर्वाचित गरेको छ ।

निर्वाचित कमिटीको उपाध्यक्षमा सुशिला थापा, सचिवमा बावुराम सुवेदी, सह–सचिवमा परशुराम कोईराला, कोषाध्यक्षमा गुञ्जबहादुर भण्डारी निर्वाचित भएका छन् ।

समितिका सदस्यरुमा भिम बहादुर श्रीस, तेजेन्द्र पौडेल, पूर्ण गुरुङ, पिताम्वर तिवारी, नेत्र रानाभाट, कर्ण बहादुर पुन, कृष्ण कट्टेल, छवि घले रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा अगन वहादुर विश्वकर्मा, देवि थापा, विष्णु राना, बम बहादुर छन्तयाल, सीता परियार, काजीबाबु श्रेष्ठ, तिलक अधिकारी, टेक बहादुर गुरुङ्ग, गिता पाण्डे, महान गुरुङ्ग, बेनी बहादुर थापा, कल्पना थापा, सन्त बहादुर भुजेल, उत्तम थापा, गोपाल जि.सी., राजेन्द्र तमु, हेमेन्द्र घर्तिमगर, भिम प्रसाद पौडेल रहेका छन् ।

समितिका सदस्यहरुमा कल्पना गौतम, टिकाराम काफ्ले, याम बहादुर सामै मगर, खुमती गुरुङ्ग, एम.डी. पोख्रेल, विक्रम थापा, मनकुमार न्यौपाने, कमल सिग्देल, राम बहादुर पुन, विना बुढाथोकी र याम कार्की रहेका छन् ।

नवनिर्वाचित समितिले ९ सदस्यिय सचिवालय समिति समेत चयन गरेको छ ।
नवर्निवाचित कार्य समितिलाई देशभक्र जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल र सचिव परि थापाले वधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

नयाँ कार्य समितिलाई चैत्र २४ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशाल सम्मेलनमा जनप्रदर्शनको तयारी गर्न आग्रह गरेका थिए ।