नेटफ्रेसको उत्पादन, पुर्ण रुपमा रोग निवारण

736
views

सीताराम थापा
बागलुङ । नेटफ्रेस कम्पनि प्रा. लि. बाट उत्पादित प्राकृतिक सप्लिमेन्ट औषधि मानव जीवनलाई पुनर्थापना र पुनर्जिवनको बुटि भएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका नारायणस्थान र जैमिनि नगरपालिका जैदि बोरामा भएको छुट्टाछुट्टै कार्यक्रममाका वक्ताहरुले यस्तो वताएका हुन् ।

कार्यक्रममा नेटफ्रेस नेपालका संस्थापक अध्यक्ष एवं बिज्ञ गोबिन्द हुमागाईले अस्पतालमा उपलब्ध औषधीले रोग नियन्त्रण गर्ने तर, आजिवन औषधी वढाएर सेवन गर्नुपर्ने भन्दै नेटफ्रेसको उत्पादनले मानिसलाई रोग प्रतिरोधात्मक क्षमता बढाएर रोग नै नलाग्ने बताए ।

उनले मानिसको जीवनशैलि, सोंच चिन्तन, खानपिनले स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने हँुदा शारिरक मात्र नएयर, मानसिक, सामाजिक, आध्यात्मिक स्वस्थ र सन्तुष्ट जीवन भएमा औषधि सेवन नगरि ब्यक्ति घर र समाज स्वस्थ बनाएर बाँच्न सकिने बिकल्प भएको बताए ।

हुमागाईले दुई दशक लामो अनुभव बाट नेपालकै सबैभन्दा गुणस्तरीय, अन्तराष्ट्रिय मापदण्ड पूरा गरेको नेट फ्रेस उत्पादन भएकोले कानूनी मान्यता प्राप्त औषधिले काम नगरेमा कम्पनिले जिम्मेवार लिने बिश्वास दिलाए ।

कार्यक्रममा नेटफ्रेस नेपाल प्रा. लि.का तालिम संयोजक सरु मगरले बाचुञ्जेल औषधि सेवन गरेमा मुटु, किटनि कलेजो, दिमाग, फोक्सोमा कुनैपनि रोगले हानेर मानिसको मृत्यु हुने हुँदा नेटफ्रेसको उत्पादन सेवन गरेमा यस्तो समस्याबाट जोगिने अचुक औषधि भएको तथ्यलाई उजागर गरे।

सोही कार्यक्रममा सामाजिक अभियान्ता सीताराम थापाले नेटफ्रेसको मानव र समाजलाई पुननिर्माण र पुनर्जिवन दिने अभियानमा लाग्ने मानिस स्वस्थ, सन्तुष्टि र दिर्घायु जीवनयापन गर्ने सुनौलो अवसर नचुकाई अभियानमा जोडिन आवश्यक रहेको बताए ।