आगालागीबाट आठलाख क्षति

741
views

सीताराम थापा
बागलुङ । बागलुङ नगरपालिका वडा न.–७ अन्तर्गत छरिखोलामा आइतबार बिहान एक घर र गोठमा आगलागी भएको छ । नवराज गौतमको घरगोठमा विहान भएको आगालागीबाट आगलागीबाट करीब आठलाख रुपैयाँको क्षति भएको वडा सचिव महेन्द्र घमालले वताएका छन ।

आगलागील बाट घरगोठसंगै गोठमा रहेको एउटा खसी जलेर मृत्यु भएको छ । यसै गरि दुई भैंसी र एक बाख्रालाई चोट लागेको स्थानीयबासीहरुले जानकारी दिएका छन ।

आगलागि पछि सबै स्थानीयबासीको सक्रियतामा आगो निभाउने काम भएको थियो । पीडित परिवारको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय तहको सरकार लगायतले राहत उपलब्ध गराउन सबैले आग्रह गरेका छन ।

आगो कसरी लागेको हो भन्ने बारेमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बागलुङ श्रोतले जनाएको छ । बागलुङ नगरपालिकामा अग्नि नियन्त्रणको साधन भएता पनि तत्काल आगो लाग्दा ल्याउन नभ्याउने वार्डबासिहरु बताउँछन ।