म्याग्दीको बेनी नगरपालिकामा काँग्रेसका हरिकुमार श्रेष्ठ विजयी

591
views

म्याग्दी ३ जेठ । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । बुधबार दिउँसो सम्पन्न मतगणनामा एमाले–राप्रपा गठबन्धनका प्रत्यासी एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतले पछि पार्दै हरिकुमार विजयी हुनु भएको हो ।
नगरपालिकामा काँग्रेस–माओवादीबीच तालमेल भएको थियो । मूख्य निर्वाचन अधिकृतको कार्यालयको दिएको जानकारी अनुसार, विजयी काँग्रेसका हरिकुमारले पाँच हजार ६ सय ७९ र एमालेका प्रमोदले पाँच हजार छ सय ३४ मत ल्याउनु भएको छ ।
नगरपालिकाको उपमेयरमा भने एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी सञ्जु बरुवाल ३४ मतले विजयी हुनुभयो । उहाँले तीन हजार ९ सय ९५ मत पाउँदा काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट माओवादीकी ज्योती लामिछानेले तीन हजार ९ सय ६१ मत ल्याउनु भयो ।
१८ हजार ३ सय ४५ मतदाता रहेको नगरपालिकामा १३ हजार १ सय २८ मत खसेको थियो।