‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’

1023
views

सीताराम थापा
बाग्लुङ, १२, चैत । बेलायतको बेजिङ्गस्टोकमा सामाजिक अभियान्ता एवं बेलायत गएकी मदन पुरस्कार विजेता राधा पौडेल बेलायतमा निकै धेरै सामाजिक कार्यमा ब्यस्त छिन् ।

उनी व्रिटिस एकेडेमी र लिभरपुल जोनमुर यूनिभर्सिटीको संयूक्त निमन्त्रणामा बेलायत गएकी थिईन । बेलायत बसाईका क्रममा उनले विभिन्न नेपाली समुदाय र स्थानीय कलेजहरुमा भएका अन्तरक्रियामा भाग लिएको अभियान्ता राधा पौडेलले बताईन् ।

उनले बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी, ग्रेटर रेडिङ्ग नेप्लिज कम्यूनिटी, बेजिङ्गस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज बेजिङ्गस्टोक, मगर समाज फार्नबोरो, तमु धी यू के, सोआस यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक र विद्यार्थीसँग अन्तरक्रिया, गोष्ठि, छलफल र एनआरएनएको आयोजनामा भएको नारी दिवसका कार्यक्रममा सहभागी भएको बताईन् ।

यो उनको दोश्रो बेलायत भ्रमण हो । यस अघि २०१५ मा बेलायत आउँदा उनले विश्व प्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटी , क्याम्ब्रीज यूनिभर्सिटी, यूनिभर्सिटी अफ एसेक्स आदिमा समेत मर्यादित महिनावारी सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गरिसकेकी छिन् ।

मर्यादित महिनावारी सबैको जिम्मेवारी बारे गत आइतबार तमु धिमा सम्पन्न अन्तरक्रियामा विभिन्न उमेर समूहका करिब एक सयभन्दा बढी सहभागीहरुका बीच प्रबचन दिएकी थिईन् । आफ्नो कुरा राखेकी थिइन् ।

उनको भर्खरै सार्वजनिक गरेको आफ्नो पुस्तक अपवित्र रगत–बारे पनि चर्चा भएको छ । नयाँ चर्चित पुस्तक ‘अपवित्र रगत’मा उनले आफुले भोगेका र गाऊँ ठाउँ डुल्दा देखेका महिनावारीका अनुभवहरुलाई समेटेकी छिन् ।

महिनावारीबारे प्रचलित रुढीवादी परम्परा र संस्कारलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने समयको माग र आवश्यकता भएको उनले बताउने गरेकी छन् । उनले त्रिभुवन विश्व विद्यायल र फिलिपिन्सको मनिला बाट ट्रीपल मास्टर्स गर्नुका साथै मर्या्दित महिनावारीमा पिएचडी गर्ने अन्तिम चरणमा रहेकी छिन् ।

उनी एक्सन वक्र्स नेपाल र राधा फाउन्डेशनको संस्थापक हुन् । भने सत्कर्म र अन्य सामाजिक संस्थासंग पनि आबद्दता र सहकार्य गरेकी छिन् । राधा फाउन्डेशनले हालै चितवनमा मितेरी जैविक सेनिटरी प्याड फ्याक्ट्री पनि सञ्चालनमा ल्याएको छ । उनी नेपालको पहिलो प्याड वुमन पनि हुन् ।

मदन पुरस्कार विजेता तथा अभियन्ता राधाको प्रकाशित अन्य कृतिहरुमा शान्तिका पाईलाहरु (कविता संग्रह), मर्या्दित महिनावारी सबैको जिम्मेवारी (ह्यान्ड बुकं)लगायत रहेका छन् । उनले नेपालको ६२ वटा जिल्लामा पुगेर शान्ति र सामाजिक सेवा पुराइसकेकी छन् भने करिब डेढ दर्जन मुलुकका यूनिभर्सिटीहरुमा प्राध्यापन र कन्फरेन्सहरुमा सहभागी भैसकेकी छन् ।

उनले सामाजिक अभियानमा एनपिस एवार्ड, वुमन पिस मेकर अवार्ड, प्रतिभाशाली सामाजिक पुरस्कार, खलंगामा हमलाका लागि मदन पुरस्कार पाएकी छन् ।

पहिले केही समय अन्तराष्ट्रिय संस्थामा समेत संलग्न उनी जागिर भन्दा समाजिक अभियान मार्फत सेवा दिन प्रतिबद्द भई सफल र चर्चित बनेकि छिन। सत्कर्म नृपालको अनुभबमा उनी वास्तविक र ब्यावहारिक अर्थमा जन स्तर देखि अन्तराष्ट्रिय स्तर सम्म सवालगत खोजमुलक अभियान चलाउँछिन्।