कृषि विकास बैंकले ल्यायो न्यू ओडी मोडल सेवा

852
views

पर्वत । कृषि विकास बैंकहरुले न्यू ओडी मोडल सेवा प्रवाहको शुरुआत गरेका छन् । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकले चक्रिय आवधिक व्यवस्थापनको सुरुआत गरेको जिल्ला कृषि विकास बैंकका कामु शाखा प्रवन्धक भोलानाथ शर्माले बताए ।

कृषि विकास बैंक पर्वतले हालसम्म ३९ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ, प्रवन्धक शर्माले भने ‘ति सेवाग्राहीलाई न्यू ओडी मोडल प्रभावकारी र लाभदायक छ, यस सेवाले सेवाग्राहीलाई काममा सहजता र झण्झट कम हुन्छ ।’

बैंकको लक्ष्य अनुसार पर्वतमा थप आठ करोड रुपैयाँ ऋण प्रवाह गर्न बाँकी रहेको शर्माले बताए । पुरानो अर्थात भाका नाघेका २१ जना ऋणीहरुबाट ७९ लाख रुपैयाँ उठ्न सकेको छै् । घरायसी स्थिति विग्रेका ति ऋणीहरुलाई बारम्बार ताकेता गरेपनि सो ऋण उठन नसकेको शर्माले बताए ।