जीप दुर्घटनामा घाईतेलाई थप उपचारका लागि पोखरा

510
views

म्याग्दी, १४, चैत । म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ बंरजाबाट हिजो भएको बोलेरो जिप दुर्घटनाका घाईते एकजनालाइ थप उपचारका लागि पोखरा पठाइएको छ ।

बेनी नगरपालिका वार्ड नं.–४ सान्तुङ खोलामा बोलेरो जिप दुर्घटना भएको थियो । सो बोलेरो जिप दुर्घटनामा गम्भिर घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको हो ।

बेनी आउदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो जीपमा चालकसहित ६ जना सवार रहेका थिए । ६ जना मध्ये तिन जनाको बेनी अस्पतालमा उपचार गरिएको थियो ।

घाईतेहरु १९ बर्षिय युवती बबिता घर्तिमगर र चालक २९ बर्षिय होम बहादुर चोचाङ्गी उपचारपछि घर फर्किएका छन् ।

यसै गरि मंगला गाउँपालिका ३ स्थित आल्टाकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।