पाँच जिल्लाका सिडियोहरुको सरुवा

1623
views

काठमाडौं । सरकारले आन्तरिक सुरक्षा व्यवस्थामा सुढृढ पार्नका लागि विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।

गृह मन्त्रालयका अनुसार कैलाली, लमजुङ, खोटाङ, ओखलढुंगा र हुम्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरिएको हो । गृहश्रोतका अनुसार सुरक्षा व्यवस्थामा सुढृण गर्दै दैनिक प्रशासनिक काम, कारबाहीलाई थप प्रभावकारी बनाउँने सरकारको योजना अनुसार विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरिएको हो ।

सरकारले उपसचिवको दरबन्दीमा रहेका चार र सहसचिवको दरबन्दीमा रहेका एक जना गरी पाँच जना सिडियोहरुको हेरफेर गरेको जानकारी प्राप्त भएको छ । मन्त्रालय श्रोतबाट प्राप्त जानकारी अनुसार यसअघि कर्णाली प्रदेशमा कार्यरत रहेका सहसचिव यत्रराज बोहरालाई सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिडियोको जिम्मेवारीमा सरुवा गरिएको छ भने हुम्लामा ढोलकराज ढकाललाई पठाइएको छ ।

त्यस्तै मन्त्रालयमा कार्यरत रहेका डा. डिजन भट्टराईलाई लमजुङको सिडियोको जिम्मेवारीमा पठाइएको छ भने लमजुङका सिडिओ झंक ढकाललाई गृह मन्त्रालयमा तानिएको छ । त्यस्तै यसअघि अध्यागमन विभागमा कार्यरत उपसचिव विष्णुहरी उपाध्याय र गणेश आचार्यलाई खोटाङ र ओखलढुंगामा पठाइएको छ ।