पर्वत र बागलुङमा माछापुच्छ्रे बैंकको शाखा

1928
views

सीताराम थापा
बाग्लुङ । गण्डकी प्रदेशको पर्वत र बागलुङ जिल्लामा माछापुच्छ्रे बैंकले शाखा विस्तार गर्न लागेको छ । बागलुङ जिल्लामा शाखारहित सेवा (एक्टेन्सन) विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

बागलुङ शाखा प्रबन्धक विनोद त्रिपाठीका अनुसार बागलुङमा दुई ठाउँमा शाखा रहित सेवा विस्तार गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।

रेसमा बैंकले आफ्नो शाखारहित सेवा विस्तार गरेको छ । शाखा रहित सेवामा स्थानीयको आकर्षण बढेको र शाखा रहित सेवा संचालनमा आएको महिना दिनमा नै ४ सय भन्दा बढिको खाता खोल्ने काम भएको उनले बताएका छन् ।

बागलुङ जिल्लामा रहेका बैंकहरुमध्ये उक्त बैंक आफ्नै जग्गा र भवन सदरमुकाममा रहेको एक मात्र बैंक हो । अन्य सरकारी तथा गैरसरकारी बैंक भने भाडाका घरबाट संचालनमा आइरहेका छन् ।