लगानी सम्मेलन शुरु, ६ सय लगानीकर्ता सहभागी

540
views

काठमाडौं । सरकारले विदेशी लगानी भित्रयाउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन् । विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेको छ ।