हावाहुरीबाट मृत्यु भएका परिवारलाई तीन लाख दिने

553
views

काठमाडौं । बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । आज बिहान बसेको प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।