विद्यार्थीले बोक्ने झोला वितरण

1336
views

पर्वत, १८, चैत । विद्यार्थीले बोक्ने झोला र शैक्षिक सामाग्री लिएर नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाको टिम तिनधारे प्राथमिक विद्यालयमा पुग्यो । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीले झोला र केही शैक्षिक सामाग्री पाए । गरिव, दलित तथा विपन्न समुदायका बालबालिकाका लागि नेविसंघले वितरण गरेको झोला र शैक्षिक समाग्री निकै महत्वपूर्ण बन्न गएको छ ।

उनीहरुको शैक्षिक स्तरलाई सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवासका संयोजक सन्तोष पाठकले भने ‘ झोला र शैक्षिक वितरण कार्यले विद्यार्थीको शैक्षिक तथा पारिवारिक अवस्थामा सहयोग पुर्याएको छ ।’

नेवि संघ फलेवास नगर समितिले यस अघि नगरका धेरै वडामा शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी, फलेवास नगरपालिका–८ ठानामौलाका वडाध्यक्ष मानवहादुर कुवँर, विद्यालयका अध्यक्ष बलवहादुर केसी, प्रधानाध्यापक यामवहादुर घर्ती, नेपाली काँग्रेसका युवा नेता प्रमोद पाण्डे, नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, नेपाल दलित संघका सभापति याम परियार‘शिव’,नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेपाल तरुण दल फलेवास नगरपालिका संयोजक दिनेश लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिका संयोजक सन्तोष पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सरोज खनाल र कार्यक्रमको संञ्चालन नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सचिव गोविन्द तिवारी र विद्यार्थी नेता शिशिर शर्मा पौडेलले गरेका थिए ।