देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश ७ मा केसी

1348
views

धनन्जय अवस्थी
कैलाली । नेकपा क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अत्तरियामा भएको प्रदेश ७ को ऐतिहासिक भेलाले रामबहादुर केसीको संयोजकत्वमा १७ सदस्यीय कमिटि चयन गरेको छ ।

जसका सदस्यहरुमा बिष्णुराम दमाई, शिवबजगाई, चन्द्रलाल चौधरी, बहादुर चाँड, मदन बिष्ट, चन्द थापा, अशोक ओली, रमेश विक, मणिकराज भट्ट, लोकबहादुर विक, खिमा ज्ञवाली लगायत रहेका छन ।

भेलाको नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ७ इन्चार्ज चन्द्रहरी सुवेदी अटलले गरेका थिए । सुवेदीले अहिलेको केपी ओलीे सरकार नाम मात्रैको कम्युनिष्ट सरकार भएकोले जनताले दुख पाईरहेका बताए ।

उनले अब देशभक्त मोर्चामा गोलबन्द हँुदै राष्ट्रियताको पक्षमा एक हुनु पर्ने भएकाले चैत्र २४ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने सबैलाई आग्रह गरे ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य दिपेन्द्र शर्मा लगायत पार्टीका नेता कार्यक्रताको व्यापक उपस्थिति कार्यक्रम भएको थियो ।