राष्ट्रिय सभाका अध्यक्षद्वारा बारा, पर्सा घटनामा शोक व्यक्त

727
views

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेस प्रसाद तिमिल्सिनाले बारा, पर्सामा आएको आँधीवेहरीबाट भएको दुखद घटनामा शोक व्यक्त गरेका छन् । बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासी त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तिमा २७ जनाको मृत्यु तथा ६ सय १२ भन्दाबढी घाइते भएको खबरले ममाृहित भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै आँधीबेहरीका घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

त्यसैगरी पीडितको छिटो उद्दार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।