हावाहुरी प्रभावितलाई मेरो माइक्रोफाइनान्सको आर्थिक सहयोग

574
views

काठमाडौं । आइतबार राति हावाहुरीबाट प्रभावित बारा, पर्सा लगायतका जिल्लामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ले आथिक सहयोग गरेको छ ।

बिभिन्न जिल्लामा क्षति भएको जानकारी प्राप्त हुनासाथ उद्दारमा खटिएको संस्थाले जनाएको छ । त्यस पश्चात अनुगमनको सहकार्यमा संस्थाले ग्राहक संरक्षण तथा कल्याण्कारी कोष अन्तर्गत आर्थिक सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिनुभयो ।

फाइनान्सको अनुगमन कार्यालय जितपुरले घटना लगत्तै संस्थाले आफ्ना ग्राहकहरुलाई प्रति घरपरिवार दुईहजार रुपैयाका दरले ३१ घरपरिवार र एक मृतक घरपरिवारलाई काजकिरिया खर्च बापत १५ हजार दिएको छ । सो रकम सोमबार बिहान नै दिएको जितपुर अनुगमन कार्यालयका अधिकृत रामकिशोर प्रसाद कुश्वाहाले जानकारी दिनुभयो ।

संस्थाले सामाजित उत्तरदायित्व कोष अन्तर्गत रहेर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । समुदायको बिकासलाई जोड दिदै ग्राहकहरुलाई वित्तीय साक्षरता तथा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिनुभयो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरि हाल ४८ जिल्लामा ९४ शाखा मार्फत विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।