नेरेसोद्वारा हावाहुरीपीडितलाई खाद्यान्नदेखि रगतसम्मको व्यवस्था

643
views

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सा जिल्लाहरुमा हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई विहानैदेखि सक्रिय बनाएको छ । आज चैत्र १८ गते विहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो ।

केन्द्रवाट बारा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागी सहयोग स्वरुप तत्कालै एकलाख पच्चीसहजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

रेडक्रसले गैह्खाद्द सााग्री वितरणका लागि वीरगंज गोदामघरवाट तत्काल वारा जिल्लामा दुईसय सेट सामाग्री पठाइएको छ । यसका अलावा मनोसामाजिक सहयोगका लागि प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइएको छ ।

क्षतिग्रस्त बारा जिल्लामा जिल्ला शाखालाई थप सहयोग, समन्वय र लेखाजोखाका लागि केनिद्रय कार्यालयबाट वरिष्ठ अधिकृत राजेन्द्र रोकाहा र बाराबाट जिल्लाबाट सुनरमन महत्तोलाई परिचालन गरिएको छ । त्यस्तै पर्सामा वरिष्ठ अधिकृत सन्तोष न्यौपाने र उमेश मिश्रलाई खटाइएको छ ।

सम्पूर्ण व्यवस्थापन र थप निर्णयका आवश्यक परेमा नेरेसो तयारी अवस्थामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भन्नुभयोः तत्कालको अवस्था जा“चमा मोबाइल फोन एप्लिकेशन समेत प्रयोग गरिएको छ ।

बारामा वढी क्षती

नेरेसोले मातहतका शाखा समेतको परिचालन गरी तयारी खानाको व्यवस्थापन गरेको छ । पर्साका ठोरिमा १२, जगरनाथपुरमा २१०, सुखचैनामा २६ थान त्रीपाल डोरी घरबिहिन परिवारहरुका लागि उपलब्ध गराइएको छ ।

यस्तै वारा जिल्लामा दुईसय थान त्रिपाल र डोरी, वाल्टीन पाँचसयथान र म्याट एकसय थान मौज्दात राखिएको छ । नेरेसो वीरगंज गोदामघरमा हाल दुईहजार दुईसय भर परिवारको लागि गैह्खाद्द राहात समाग्री मौज्दात राखिएको छ ।

रगतको प्रयाप्त व्यवस्था
र्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेका अनुसार नेरेसो रक्तसञ्चार केन्द्र, बीरगंजमा चारसय यूनिट रगत र रक्ततत्व व्यवस्था गरिसकिएको छ ।