बारा र पर्साको क्षतिले पूर्वराजा स्तव्ध

694
views

काठमाडौं, १८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक समवेदना सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद् खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सन्देशमा पूर्वराजा शाहले प्राकृतिक विपद्को घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितहरूमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।