पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि एमालेलाई सफलता–ओली

598
views

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमाले सफल भएको बताउनुभएको छ । उहाँले आफ्नो पार्टीमाथि सत्ता गठबन्धनले निर्वाचनमा धाँधली, गुण्डागर्दी गरेको भन्दै एमालेमाथि चौतर्फी घेराबन्दी भएको बताउनुभयो । ओलीले चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।
ओलीले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै “एमालेलाई चुनाव जित्नका लागि होइन, देश बनाउन बहुमत चाहिएको बताउनुभयो । मदन–आश्रितको हत्याले देशको बामपन्थी आन्दोलनमा क्षति पुगेको र मुलुकले लोकतान्त्रिक विकासक्रममा गति लिन नसकेकाले राजनीतिक अस्थिरता र अन्योलता बढेको ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले भन्नुभयो – “कोही मानिस जीवित रहँदा पनि समाजका लागि केही योगदान गर्न सक्दैनन, मदन–आश्रितले जीवनपछि पनि समाजलाई मार्ग निर्देश गरिरहेका छन् ।”