घरमाथिबाट विद्युत लाईन, त्रासमा स्थानीय

841
views

महेन्द्र जिसी
पर्वत, १९ चैत । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्ने गरी पर्वतको कुश्मा नगरपालिका–२ मा शब स्टेशन राखीएको छ । २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण कार्य अन्तीम चरणमा पुग्दा प्रभावित बासीन्दा आतंकित बनेका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा विद्युत सबस्टेशन निर्माण भैरहँदा स्थानीय आतंकीन बनेका हुन । सब शब स्टेशनले फाल्ने विद्युतीय रेडिएसको मानव स्थाथ्यसँगै पशु चौपाय खेतीवालीमा असर पार्ने भन्दै स्थानीयले विरोध गरेका हुन । आयोजनाले सम्झौता विपरीत पोलहरु गाडेर तार टाँग्दा बस्तीका घर माथी परेको भन्दै स्थानीयले विरोध तिब्र पारेका छन । दाना–खुर्कोटसम्म ११४ वटा टावर राखेर तार विस्तार गर्दा घरमाथी नै विद्युतका तार पारेका कारण मानव स्वाथ्यमा असर पुग्ने भन्दै स्थानीयले जिल्ला प्रशासन पर्वत र नगरपालिका तथा आयोजनाको मुख्य कार्यालयमा आवेदन दिएका हुन । स्थानीयहरुले दुई सय घर जोखीममा परेको भन्दै विद्युतका पोल बस्ती बाहिरबाट विस्तार गर्न माग गर्दै आएकोस्थानीयवासी रमाकान्त बास्तोला, दिपा वास्तोला र रामकृष्ण वास्तोलाले बताए ।

एशियालि विकास बैंकको दुई अर्ब ९० करोड लगानीमा निर्माण भईरहेको आयोजनाको काम टाटा प्रोजेक्ट्स र चिन्ट ईलेक्ट्रीक जेभीले गर्दै आएको छ । निर्माणको अन्तीम चरणमा प्रभावित बासीन्दालाई विद्युतीय असर र वातावारणीय प्रभावको तालिम प्रदान गरेको थियो । तालिममा विद्युतीय असर जानकारी भएपछि स्थानीयले विरोध जनाउन थालेका हुन । तालिम प्रशिक्षणका क्रममा विद्युतका पोल वरपर ७ मिटर टाडा खेती गर्ने र तारमुनीबाट गर्भवती जेष्ठ नागरीक मुटु तथा दिर्घ रोगीहरु नहिड्न प्राधिकरणले सुझाएपछि आँफुहरुको घर नै तारमुनी परेको भन्दै स्थानीय आतंकीत भएका हुन ।

आयोजनाले कुश्मा दुईमा ९३ रोपनी जग्गा अधिग्रहण गरेर शब स्टेशन निर्माण गरीरहेको छ । यसै शब स्टेशनको उपयोगका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाट यस्तै घुगंगा गाउँपालिकामा ४० मेगावाटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन अवस्थामा अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाट विद्युत उत्पादनको क्रममा रहेका हुन । निर्माण भईसकेका घरमा कोरीडोरको लाईन विस्तार भएपछि नगर पालिकाले समेत नक्सा नियमीत गर्न नमाने पछि प्रभावित बासीन्दा थप चिन्तामा परेका हुन । कुश्मानगरपालिका वडा नं २ का अध्यक्ष यदुनाथ वस्तोलाले आफुले जिल्ला प्रशासन, कुश्मा नगरपालिका जिल्ला समन्वय समिति सबैमा हार गुहार गरेको भएपनि उचित सुनुवाई नभएको बताए ।

कुश्मा नगर पालिका वाड नम्बर दुईका मात्र दुई सय घर प्रभावित भएको वडा कार्यालयले जनाएको छ । आयोजनाका सामाजीक विकास अधिकृत प्रमोद नेउपानेले आयोजनाले ९० प्रतिशत काम सकाईसकेका कारण स्थानीयको कुनै पनि समस्या समाधान गर्न नसकीने बताए ।
आँफुहरुले प्रशिक्षणका क्रममा शब स्टेशन वरपर १५ मिटर र पोल तथा तार वरपर ७ ÷७ मिटर नवस्न तथा खेती पाती नगर्न आग्रह गरेको बताउँदै आयोजना निर्माणको अन्तीम चरणमा स्थानीले विरोध गर्नु गलत भएको बताए ।

कालीगण्डकी कोरीडोर प्रशारण लाईन आयोजना अन्तरगत सन २०१६ देखि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा प्रशारण लाईन र सब स्टेशन निर्माण सुरु गरेको हो ।