सर्वोच्चमा पाँच न्यायाधीश सिफारिस

804
views

काठमाडौं १९, चैत । न्याय परिषदद्वारा सर्वोच्च अदालतमा रिक्त रहेका स्थानमा ५ जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार मात्र बसेको न्याय परिषदको वैठकले पाँचजना न्यायाधीश सिफारिस गरेको हो ।

न्याय परिषदको बैठकले सिफारिस गरेका न्यायाधीशहरुमा प्रकाशकुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । सर्बोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् ।

संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश कियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।