क्षेत्री समाज नेपाल क्षेत्र न. ३ को भेला सम्पन्न

1920
views

गोबिन्द तिमिल्सिना
हेमजा, १९ चैत । क्षेत्री समाज नेपाल क्षेत्र न. ३ को अगुवा भेला तथा सम्मान कार्यक्रम मंगलबार हेमजामा सम्पन्न भएको छ । क्षेत्री समाज नेपालको यहि चैत २३ मा हुने केन्द्रिय अधिबेशनको तयारीको लागि भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले क्षेत्रीको पहिचान कायम हुनुपर्ने बताउदै केन्द्रिय अबिधेशनमा उलेखनिय रुपमा सहभागि हुन आग्रह गरे । कार्यक्रममा क्षेत्री समाज नेपाल गण्डकी प्रदेश सचिक लक्ष्मी अधिकारी, क्षेत्री समाज नेपाल कास्की जिल्ला बरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारी र बुद्धदेबी कुँवरले केन्द्रिय अबिधेशनमा उल्लेखनिय सहभागी हुन आग्रह गरे ।

सो अबसरमा क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेत, सचिव लक्ष्मी अधिकारी, सदस्य कृष्ण थापा र पदम बहादुर कार्की त्यसै गरि कास्की जिल्ला बरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारी, सह–सचिब सेरजङ्ग अधिकारी लगायत अन्य जिल्ला सदस्यहरुलाई सम्मान गरिएको थियो ।

क्षेत्री समाज नेपाल हेमजाका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत ढिकुरपोखरीका अध्यक्ष कृष्ण बहादुर कुवँरले र सञ्चालन क्षेत्री समाज नेपाल हेमजाका सचिब मिनबहादुर थापाले गरे ।