मृतक परिवारलाई पाँचलाख दिने प्रचण्डको घोषणा

643
views

बारा, १९ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका प्रतिपरिवारलाई पाँच लाख दिने घोषणा गरेका छन् ।

राहत वितरण गर्न बाराको फेटा गाउँपालिका–६ पुरैनियाँ पुगेका प्रचण्डले नेकपाको तर्फबाट पाँच–पाँच लाख दिने घोषणा गरेका हुन् ।

प्रचण्डले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भएकोसमेत प्रष्ट पारे । प्रचण्डले परिवारका चारजना सदस्य गुमाएका स्थानीय इजाहार मियाँका एक छोरालाई निःशुल्क पढाइदिने समेत घोषणा गरेका छन् ।