मेरोमाइक्रोफाइनान्सले दियो चारदिने तालिम

886
views

काठमाडौं, २० चैत । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा नयाँ नियुक्त भएका कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ४ दिने आधारभूत तथा अभिमुखीकरण तालिम शुरु गरेको छ । संस्थाका अध्यक्ष सञ्जीव मानन्धरले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा ६९ जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले तालिममा सहभागी कर्मचारीहरुलाई सकारात्मक उर्जा लिएर कार्यक्षेत्रमा गई आफ्नोे काम कुशलतापूर्वक प्रस्तुत गर्नुपर्ने बताउनुभयो । त्यस्तै संस्थामा रहेर कर्मचारीहरुले आफ्नोे पेशाप्रति इमान्दार, असल आचरण, व्यवहारिक हुनुका साथैे नतिजामुखी कार्यले सँधै अगाडी बढाउनुका साथै कर्मचारीको मनोबल बढ्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सर्बसाधारणमा प“हुचको बृद्धि र बिस्तारका लागि वित्तीय संस्थाले ब्यावसायिक टेवा पु¥याएको बताउनुभयो । प्रतिस्पर्धी बजारमा संगठनलाई बिस्तार गर्दै केही समयभित्र ७७ जिल्लामा पु¥याउने लक्ष्य रहेको बताउनुभयो । साथै उहाँले गत चैत्र १७ गते राति आएको हावाहुण्डरीबाट प्रभावित बारा र पर्साका ग्राहकहरुलाई २ हजारका दरले ५१ घरपरिवार र काजकिरिया खर्च वापत १५ हजार मृतक घरपरिवारलाई सहयोग गरिएको बताउनुभयो ।
संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

नवनियुक्त कर्मचारीहरुलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा लघुवित्त सम्बन्धी कार्यप्रकृया तथा नीतिनियमको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । चैत्र २२ गतेसम्म सञ्चालन हुने उक्त तालिममा सहभागी कर्मचारीहरुलाई संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराइने संस्थाले जनाएको छ । कार्यक्रममा योजना, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख राजु प्रसाद पुडासैनी, कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, कार्यक्रम तथा पुनःलाभ परियोजनाका प्रमुख माधब न्यौपाने, पुस्कर घिमिरे लगायत कर्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी राष्ट्रिय स्तरमा कार्य गर्नेगरी मान्यता पाएको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल ४८ जिल्लामा ९४ शाखा मार्फत ९१ हजार विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।