चुनाव चिन्ह नपाएको देजमोका उम्मेदवारलाई जनताले जिताएपछि संसदवादी दललाई झट्का, काभ्रे, बाग्लुङ र रोशी गाउँपालिका–४ मा प्यानलै विजयी

594
views

काठमाडौं ३ जेठ । क्रान्तिकारी उपयोगको नीति सहित निर्वाचनमा सहभागी बनेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले पनि स्वतन्त्र उम्मेदवारको हैसियतमा बाग्लुङ र काभ्रेमा खाता खोलेका छन् । काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ को मत परिणाम अनुसार देजमोका वडा अध्यक्ष पदका उम्मेदवार तेजबहादुर रानामगर प्यानलसहित विजयी बनेका छन् । त्यसैगरी देजमो केन्द्रीय कार्यालय स्रोतले दिएको प्रारम्भिक जानकारी अनुसार बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मा देजमोका अध्यक्षका उम्मेदवार हेमेन्द्र घर्तीमगर विजयी बनेका छन् ।
प्राप्त समाचार अनुसार काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ महिला सदस्यमा गोपीमाया थापा निर्वाचित भएकी छन् । प्रतिक्रियावादी संसदीय व्यवस्था र पश्चगामी संविधानको भण्डाफोर र पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्ने उद्देश्य लिएर देजमोले निर्वाचनको क्रान्तिकारी उपयोग गरेको थियो ।
कांग्रेस, एमाले र माके लगायत ठूला भनाउँदा पार्टीहरुले दलीय चुनाव चिन्हको हैसियतमा निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएपछि देजमोका उम्मेदवारहरुले स्वतन्त्रको हैसियतमा निर्वाचमा भाग लिएका थिए ।