बर्दियाबाट देजमोका नेता भण्डारी गिरफ्तार

689
views

बर्दिया । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बर्दियाका सह–सचिव विक्रम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । मोर्चाको यहि चैत २४ गते काठमाडौंमा हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेका नेता भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मोर्चाको सम्मेलनको पत्रसहित नियन्त्रणमा लिइएको छ, प्रहरीले बर्दियाको मधुवन नगर पालिकामा गएको बेला अनुसन्धान गर्नुछ भन्दै नियन्त्रणमा लिएको हो । उनलाई अहिले सानाश्री स्थित प्रहरी कार्यालयमा राखिएको छ ।

नेता भण्डारीलाई प्रहरीले गिरफ्तार गरेपछि नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज संकुल शर्माले सम्मेलनको सहयोगार्थ सहयोगका विषयमा गएको अवस्थामा बेइमानीपूर्ण ढंगले प्रहरीमा खबर गरी पक्राउ गरिएको भन्दै विरोध गरेका छन ।

त्यसैगरी आफ्नो संगठनका नेताको गिरफ्तारीको घटनाका विषयमा प्रेस वक्तव्य जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं ५ का अध्यक्ष केबी गुरुङले तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।