यस्ता छन् एनआईसी एशिया बैंकका २२ फाईदा

3029
views

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो ।

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई लक्षित गरि चमत्कारिक तलब बचत खाता संचालनमा ल्याएको हो । यो योजनाले आम जनतामा बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैंकले लिएको जनाएको छ।

यो निक्षेपमा १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा र १ लाख ५० हजार सम्मको औषधी उपचार बीमा पाउने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जामा विशेष छुट र सहुलियतसहितको २२ चमत्कारिक फाइदा छ ।

यो चमत्कारिक बचत खाता बैंकको २ सय ८१ वटै शाखाकार्यालयहरु, अनलाइनबाट सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ। यो सुविधा वाहेक पनि पहिलो पटक स्वीप इन र स्वीप आउटको सुविधा बचत खातामा मुद्दति खाताकै सुविधा पाइने बैंकले जनाएको छ । बैंकका अनुसार बैकको कुनैपनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा समेत छ। बैंकले नारी बचत योजनामा सुनचाँदीका सिक्का समेत दिने जनाएको छ ।

बैंकका अनुसार घरमै बैंकिङ्ग सुविधाप्रदानगर्न सक्ने थप सुविधातथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आमकर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा दिने तलब खाता समेत ल्याएको छ ।