छिस्तीमा बाँदर आतंकः कि राहात देऊ कि बन्दुक !

2633
views

निर्मल पौडेल
पर्वत, २१ चैत्र । वाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीमा वाँदरले आतंक मच्याएको छ । कृषकहरुले लगाएको केराउ गहुँ र उम्रिन लागेको मकैे गुना कल्मुखे र राता वाँदरको हुलले सखाप पारेको हो ।

यसभन्दा अगाडि पनि वाँदरले पटकपटक खेतीवालीमा वाँदरले सताउने गरेको र नियन्त्रणका लागि कृषकहरुले वडा कार्यलयमा खवर गर्दा समेत केही वास्ता र सुनुवाई नगरेको स्थानिय पीडित कृषक महेश शर्माले जानकारी दिएका छन् ।

खेत वारीमा लगाएको वालीमा मात्र हैन घरघरमा समेत छिरेर सताउने गरेको शर्माको दुखेसो छ । किसानहरु कृषि गरेर मजदुरी गरेर साँझ विहान लाई जोहो गर्नुपर्छ तर वाँदरले घरघरमा छिरेर हैरानी कटाएकोले एक जनाले घर कुरेर वस्नुपर्ने वाध्यता रहेको शर्माले वताए ।

छिस्तीको फुर्केसल्ला, चिलाउनेखर्क, ढाव, रिठावट, कउँदी, भडिकुवा,नेपाने लगायतका ठाउँमा पनि वाँदरले आतंक मच्चाएको हो । यहाँका वासिन्दाहरुको मुख्य पेशा कृषि रहेको छ । कृषि गरेर वर्ष्दिन खान नपुग्ने किसानहरुको खेतीवाली नै वाँदरले सखाप पारिदिए पछि चिन्तित त छन नै नियन्त्रणको लागि वडामा पटकपटक खवर गर्दा समेत वास्ता नगरेकोले अन्यत्र कहाँ गुहार माग्ने? किसानहरु दोधारमा छन् ।

स्थानीयले बाँदरले हैरानी पारेपछि किसानहरुले कि राज्यले लगानी बराबरको राहत दिनुपर्ने कि बन्दुक दिएर मार्ने आदेश दिनुपर्ने बताएका छन् । यता पर्वतको महाशिला गाउँपालिकामा भने वाँदरले आतंक मच्याउँदा गाउँपालिकाले नियन्त्रणका लागि वजेट विनियोजन गरेर नियन्त्रण गरिरहेको छ ।