गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया तथा अभिमुखिकरण

1004
views

सीताराम थापा
बाग्लुङ । गण्डकी प्रदेश नेपाल, पोखरामा सामाजिक बिकास मन्त्रालयले सामाजिक संस्थाहरुका लागि गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेशमा रहेका सामाजिक सेवामा संलग्न संस्थाहरुको सहभागितामा प्रदेशले पहिलो पटक यो कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सहभागिहरुको प्रस्तुति र मन्त्रालयको सहजकर्ताहरुको प्रस्तुति दोहोरो विधि अबलम्बन गरिएको थियो । मन्त्रालयले गण्डकी प्रदेश अन्तरगत बालबालिका, अपाङ्गता, लैङ्गिक तथा महिला सवाल र जेष्ठ नागरिकका बिषयमा काम गर्ने संघ संस्था लाई छुट्टा छुट्टै २ दिने गोष्ठि राखिएको मन्त्रालयको अधिकृत गोमा वाग्लेले जानकारी दिनु भयो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयको प्रमुख अधिकृत पुष्पा अर्यालले नयाँ संघीय राज्य स्थापना भएपछि सवालगत सामाजिक कामहरुबारे अनुभव आदान प्रदान गरि भबिष्यका पाँच बर्षिय प्रदेश स्तरिय रणनीति बनाउन यस्तो कार्यक्रम राखेको बताउनु भयो ।

मन्त्रलयको सहजकर्ता गोका अर्यालले सवालगत रुपमा अध्ययन गरि जन स्तरमा भिजेर क्रियाशिल सामाजिक संस्थाको अनुभव काम र भाबि रणनीति बनाउन सहयोगि बन्ने गरि बिषयबस्तु आईरहेको पनि बताउनु भयो ।

कार्यक्रममा मन्त्रलयको सहजकर्ताले यस्तो कार्यक्रमले भबिष्यका सामाजिक क्षेत्रमा काम गर्न र समन्वय र सहकार्य गर्न समेत प्रदेश र स्थानिय सरकारलाई टेवा पुग्ने बताउनु भयो। सहभागी अभियान्ता सीताराम थापा, ईन्दिरा पौडेल, कौसिला बि.क.ले सामाजिक संस्थाहरुलाई नयाँ संरचनाको स्थानिय र प्रदेश सरकारले व्यापक परिचालन गरि जनस्तरमा सहकार्य गर्ने वातावरण प्रदेश सरकारले सुनिश्चित गरोस भन्ने अपेक्षा भएको बताउनु भयो ।

सहभागी सामाजिक संघ संस्थाले जन स्तरमा गरिने सामाजिक कार्यको लागि दातृ निकाय यस प्रदेशमा आउने वातावरण निर्माण गर्न प्रदेस सरकार लागि परे मात्र जन स्तरिय अभियान र सामाजिक आर्थिक रुपान्तरणमा गरि समृद्द नेपालको परिकल्पनामा सहयोग पुग्ने भनाई रहेको थियो ।