नागरिकता विधेयक ऐन विरुद्ध संयुक्त हस्ताक्षर

1316
views

सीताराम थापा । गण्डकी प्रदेश पोखरा र बागलुङ जिल्लामा नागरिकता ऐन संशोधन विरुद्ध संयुक्त संघर्ष समितिले हस्ताक्षर संकलन अभियान सुरु भएको छ । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा र नेकपा माले, जन समाजवादी पार्टी पुष्पलाल प्रतिष्ठानले सहभागी संयुक्त संघर्ष समिति संसोधन विधेयक विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

पोखरामा भएको कार्यक्रमको प्रदेश सांसद तथा प्रदेश अनुगमन समितिका संयोजक कृष्ण केसीले उद्घाटन गर्दै राष्ट्रियतामा आँच आउने नागरिकता विध्येक कुनै हालतमा पास गर्न नहुने बताए । उनले नेपालको नागरिकता ऐन २०६३ विस्थापन गर्न बनेको विधेयकमा अंगिकृत नागरिकता प्राप्त व्यक्तिबाट जन्मेको नागरिकलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरिएको भन्दै त्यसको विरुद्धमा हस्ताक्षर संकलन गरिएको बताए ।

अंगिकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न राष्ट्रियता र सार्वभौमिक माथि गम्भिर आँच आउने भन्दै हस्ताक्षर संकलन गरिएको हो । जिल्लाको दशवटै स्थानीय तहमा हस्ताक्षर संकलन अभियान चैत्र २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।