हस्ताक्षर संकलन गर्ने जिल्ला सभापतिहरुको धम्की

946
views

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय समितिको बैठकले महासमिति बैठकको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा दुईदिन सम्म चलेको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस नेतृत्वलाई महासमितिको निर्णयलाई नलत्याउन आग्रह गरे । कांग्रेस केन्द्रिय समिति बैठक भोलि शनिवारकालागि आव्हान गरिएको छ ।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले आरक्षण कोटामा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउने निर्णय गरेको थियो । महासमिति बैठकले पारित गरेको उक्त निर्णयलाई विधानमा समाबेश गरी संशेधित विधान केन्द्रिय समितिबाट अनुमोदन गर्ने भनी शीर्ष नेताहरुले समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

समावेशी कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउनुपर्ने र केन्द्रिय सदस्यहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाटै चुनिएर आउनुपर्ने माग जिल्ला सभापतिहरुको मात्र नभइ सिंङ्गो महासमितिको निर्णय भएको भन्दै नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिह केसीले भने ‘केन्द्रिय समितिले निर्णय सच्चाएन भने विशेष महाधिवेशनको लागि ४० प्रतिशत हैन ८० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन हुन्छ ।